Saturday, September 19, 2015

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


लखनउ निवासी आलोक चौरसियाले पिएचडी गरेका छन्। एक वर्षदेखि उनी कामको खोजी थिए। अगस्ट महिनामा उत्तर प्रदेश राज्य सरकारले पियन पदमा जागिर खुलायो। उनलाई लाग्यो कामै नगरी बस्नु भन्दा भन्दा यसैमा आवेदन गरौं। पियुनको काम गर्नु कुनै खराबी हैनु, उनले बीबीसीसँग भने।
बरेलीका सचिवन कुमार २०१४ मा लखनऊको एक प्रतिष्ठित विश्वविद्यालयबाट इलेक्ट्रोनिक्समा बीटेक गरे। कामको खोजी गरे तर पाएनन्। बीटेक सकेको एक वर्षदेखि उनी बेरोजगार छन्। उनले पनि पियुन पदमा आवेदन गरेका छन्। ुम प्रतिस्पर्धाको तयारी गरिरहेको छुु, उनी भन्छन्, ुसचिवालयको सेवाको एउटा हिस्सा बन्नु आफैँमा राम्रो कुरा हो।
सचिनले विद्यालय तहको सीबीएसई बोर्डबाट उच्च अंकमा दश कक्षा पास गरेका थिए। सीबीएसई बोर्ड परीक्षामा उनले ७९ प्रतिशत ल्याएका छन्। प्लस टूमा उनको ७२ प्रतिशत छ। र पियन पदका लागि परीक्षाको तयारी गरिरहेका छन्।
लखनऊ स्थित राज्य प्रदेश सचिवालयले अगस्टमा एकै पटक ३६८ पियन पदमा भर्नाको सूचना निकालेको थियो। यसमा २३ लाख आवेदन परेका छन्। यी मध्ये २५५ जना पिएचडी गर्नेहरुको आवेदन परेको छ। २ लाखभन्दा बढी बीटेक ग्र्याजुएटहरु छन्

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

shova

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
ramronews © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism