Saturday, September 19, 2015

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


काठमाडौं, असोज २ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकर शनिबार बिहान स्वदेश फर्किएका छन् ।
२४ घन्टे नेपाल बसाइँ सकेर भारत फर्कनुअघि उनले नयाँ संविधानको घोषणा खुसियाली र सन्तुष्टिका साथ टुंगियोस् भन्ने कामना गरे ।
स्वदेश फर्कनुअघि अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपालको संविधान निर्माण कार्यको समापन हिंसा र आन्दोलनमा नभइ उत्साह र सन्तुष्टिको अवसरको रुपमा होस् भन्ने भारतीय चाहना रहेको स्पस्ट पारे ।
भारतीय विदेश सचिव जयशंकरले सबै राजनीतिक दललाई आवश्यक लचकता र परिपक्वताका साथ संविधान जारी गर्न पनि आग्रह गरे ।
नेपालमा रहँदा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारका साथै आन्दोलनरत मधेसी दलका नेताहरुसँग छलफल गरेका थिए ।
ती भेटघाटमा उनले संविधानमा आन्दोलनरत मधेसी दललाई पनि समेट्न आग्रह गरेका थिए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

shova

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
ramronews © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism