Saturday, September 19, 2015

नयाँ संविधानमा ५३७ सभासदको हस्ताक्षर, सभाध्यक्षद्धारा प्रमाणीकरण (भिडियोसहित)

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


काठमाडौं, असोज १ । ‘नेपालको संविधान २०७२’ प्रमाणीकरण गरिएको छ ।

संविधानसभाको ल्होत्से हलमा शुक्रबार सबै दलका शीर्ष नेताहरुको सामूहिक उपस्थितिमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान प्रमाणीकरण गरेका हुन् ।
संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवं सभासदहरुले संविधानको प्रतिमा हस्ताक्षर गरेसँगै प्रमाणीकरणको काम सम्पन्न भएको छ ।
त्यसअघि ५ सय ३७ जना सभासदहरुले संविधानमा हस्ताक्षर गरेका थिए । सभासदहरुले बिहान ९ बजेखि नै संविधानका पाँचओटा प्रतिमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्नेक्रम अपरान्ह ३ बजेसम्म चल्यो ।
सबै सभासदले हस्ताक्षर गरिसकेपछि अन्त्यमा सभाध्यक्ष सुवास नेम्वाङले हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन् ।
नेपाली कागजमा छापिएका पाँचप्रति संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संविधानसभा सचिवालयको अभिलेख शाखा र कानुन मन्त्रालयमा पठाइने छ ।


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

About the Author

shova

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
ramronews © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism